• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

    1.3K
    SHARES



    काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। बुधबार दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरू हुनेछ।

    सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो।

    बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो। नेपालले समूह चरणमै बंगलादेशलाई पराजित गरेको थियो त्यसकारण फाइनल खेल नेपालका लागि केही सहज हुनेछ। त्यसकारण नेपाल आज तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहनेछ। नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा उपाधि जितेको थियो। त्यतिबेला विमल

    विमल घर्तिमगर, अन्जन विष्ट, सुनिल बल, तेज तामाङ, अनन्त तामाङ, हेमन्त थापामगर लगायतका खेलाडीको स्वर्णीम पुस्ताले फाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै सन् २०१५ पहिलो संस्करणको उपाधि घरेलु मैदानमा जितेको थियो।

    सन् २०१८ मा साफ यू-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको प्रतियोगिताको उपाधि पनि नेपालले जितेको थियो। भुटानमा भएको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा भारतमाथि २-० गोलको जित निकालेपछि नेपाल च्याम्पियन बनेको थियो।

    सन् २०१९ को प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरियो। २०२२ यू-२० च्याम्पियनसिपको नाममा भएको प्रतियोगितामा नेपाल लिग चरणमा तेस्रो हुँदा फाइनल पुग्न सकेन। सन् २०२३ मा प्रतियोगिता फेरि यू-१९ च्याम्पियनसिपमा आयोजना भयो।

    घरेलु मैदानमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेन। नेपाललाई सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ