काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको अनुगमन थालेको छ । संस्था नवीकरणका लागि निवेदन दिन आह्वान गरेको विभागले स्थलगत अनुगमन थालेको हो । अनुगमनपछि मात्रै ती संस्थाहरूको नवीकरण गरिने विभागले जनाएको छ ।
चार जना निर्देशकको नेतृत्वमा चार वटा टोली बनाएर अनुगमनमा खटिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।
प्रतिक्रिया