काठमाडाैं । दाङको घोराहीमा रहेकाे महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहाना क्याम्पसमा विष्पाेटक पदार्थ फ्याँकेर भागेका थिए ।
पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।
प्रतिक्रिया