• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय राजनीति

    थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावत्रा नियुक्त

    1.5K
    SHARES



    काठमाडाैँ । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन् । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला पनि बनेकी छन् । उसअघि अन्ट यिङ्गलक थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

    पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट चिनावट प्रधानमन्त्री बनेकी हुन् । उनी थाइल्यान्डका पूर्वनेता तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुन् ।

    पाएटोङ्गटार्न सिनावत्रा र पूर्वप्रधानमन्त्री सेटा टवीसिन दुवै जना फउ थाई पार्टीका हुन् भने सिनावत्रा सन् २०२१ मा फउ थाई पार्टीमा आबद्ध हुँदै २०२३ को अक्टोबरमा पार्टीको नेतामा नियुक्त भएकी थिइन् ।

    सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीले उल्लेख गरेकाे छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया