काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट पदमुक्त भएका डा. मुकुल ढकाललाई दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण सोधेको हो ।
ढकालले आफूलाई विधानविपरीत महामन्त्रीबाट पदमुक्त गरेको भन्दै दिएको उजुरी आयोगमा विचाराधीन रहेकै बेला कविन्द्र बुर्लाकोटी हस्ताक्षरमा रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
प्रतिक्रिया