काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विभागीय जिम्मेवारी रोज्न फारम खुला गरीएकाे छ । जारी केन्द्रीय समितिको बैठकमा विभिन्न २७ वटा विभागको प्रस्ताव गरिएको हाे ।
उक्त विभागमध्ये कसलाई कुन विभाग मनपरेको छ, त्यसलाई रोज्न केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ । जसपा नेपालको विधानको धारा ९७ र ९८ मा व्यवस्था भए बमोजिम केन्द्रीय सदस्यहरू समेतको सहभागिता केन्द्रीय विभागहरू गठन गर्न लागिएको छ ।
सो विभागमध्ये आफूलाई संगठित भई जिम्मेवारी लिन चाहेको विभाग प्राथमिकता अनुसार कम्तीमा तीन वटा चयन गर्नका लागि फारम भर्न भनिएको छ ।
तीन वटा भरेकोमध्ये एउटा जिम्मेवारी पाउने बताइएको छ । त्यसबाहेक अरू जिम्मेवारी चाहनेले पनि फर्ममा उल्लेख गर्न सकिने जसपा नेपालले बैठकमा वितरण गरिएको फर्ममा उल्लेख गरिएको छ ।
फर्म भरी पार्टीमा बुझाएपछि त्यसको आधारमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने बताइएको छ । केन्द्रीय सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकले जिम्मेवारी तोक्ने बताइएको छ ।
प्रतिक्रिया