काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ स्थित काष्ठ उद्योगमा आगलागी भएकाे छ । मंगलबार राति विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति भएको हाे ।
राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए ।
प्रतिक्रिया