• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादी स्थायी समिति बैठक : नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने

    1.4K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

    नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए । बुधबार संसद्मा टीआरसीसम्बन्धी छलफलमा नेताहरू व्यस्त रहने भएकाले बैठक बिहीबार ११ बजे बोलाइएको साहले बताए ।

    यद्यपि स्थायी समिति बैठकबाट नेताहरूको कार्यविभाजन हुने सम्भावना नरहेको उनको भनाइ छ । तथापि विचारको संश्लेषणसहित पार्टी निर्माणका कार्यक्रमको खाका तयार पार्ने, केन्द्रीय समिति बैठकको मिति तय हुन सक्ने साहले बताए ।

    आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलसहित १४ जना नेताहरूले आ–आफ्ना विचार राखेका थिए । तर यसपटक पार्टीको नीति र नेतृत्वसम्बन्धमा नेताहरूले चर्को बहस गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया