काठमाडाैँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निजी क्षेत्र अत्यन्तै निराश र त्रसित बनेको बताएका छन् । सानेपामा कांग्रेसको कार्यसमिति बैठकमा उद्याेगीसमेत रहेका चाैधरीले यस्तो बताएका हुन् ।
चाैधरीले भने, ‘८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिवेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दै छ भन्ने कुरामा अन्योल छ । निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ’ ।
वार्षिक डेढ लाखभन्दा बढी विद्यार्थी बिदेसिँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरिने गरेको पनि सांसद चाैधरीले बताएका छन् ।
प्रतिक्रिया