• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विचारधारात्मक रुपमा फरक भएका कारण वैद्यसँग अगाडि जान सकिएन : कञ्चन

    1.2K
    SHARES



    काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विचारधारात्मक रूपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् ।

    बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव कञ्चनले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए । उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।

    ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने ।

    उनले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे ।

    कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै कञ्चन भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने पार्टी हुन्, राष्ट्रिय सम्पत्ति बेचेर खानेदेखि भ्रष्टाचारका ठूलाठूला काण्डा उहाँहरूकै पालामा भएका छन्, जसले देशलाई यो अवस्थामा पुर्‍याएको छ ।’

    महासचिव कञ्चनले नेपालमा पनि बंगलादेशकै अवस्था आउन सक्ने बताए । नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै उनले जनता आजित भइसकेको र नेपाली शासकहरूले दमनको बाटो रोजे भने बंगलादेशको जस्तै अवस्था आउन सक्ने बताए ।

    कञ्चनले नेकपाका महासचिव विप्लव पतनको बाटो हिँडेपछि आफूहरू अलग भएको बताए । पार्टीको साउन ११ देखि १५ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले आगामी पुस ११ गते माओ दिवसको सन्दर्भ पारेर नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले भ्रष्टाचार बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध देशभर संघर्ष गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी अहिलेसम्मका राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरू, मुख्यमन्त्री, मन्त्रीहरू, नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, मुख्य सचिवलगायतको सम्पत्ति छानबिनका लागि दबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ