• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन समाचार

    ब्ल्याक प्यान्थर’की अभिनेत्री कोनी चियुमेको निधन

    3K
    SHARES



    काठमाडाैँ। चर्चित मार्भल चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उनको परिवारले जानकारी दिएको हो ।

    थुप्रै अवार्ड जितेकी चियुमे कयौँ दक्षिण अफ्रिकी टेलिभिजन शोको हिस्सा समेत रहेकी थिइन् । यसमा रिदम सिटी, जोन फोर्टिन, गोमोरा लगायत छन् ।

    उनी शिक्षिकासमेत थिइन् तर उनी टेलिभिजन अभिनेत्रीका रूपमा चर्चित बनिन् । मंगलबार साँझ जोहानेसबर्गको अस्पतालमा उनको निधन भएको उनको परिवारद्वारा जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१८ मा रिलिज भएको ब्ल्याक प्यान्थर चलचित्रमा उनी जावाभारीको भूमिकामा देखिएकी थिइन् । उनी वकान्डाको ट्राइबल काउन्सिलको सदस्य थिइन् ।

    सन् २०२२ मा रिलिज भएको चलचित्रको दोस्रो संस्करणमा उनले फरेस्ट ह्वाइटटेकरको स्थानमा जुरीको भूमिकामा देखिएकी थिइन् । उनले बियोन्सेको द लायन किंगमा आधारित डिस्नी चलचित्रमा पनि काम गरेकी थिइन् । उनका चार सन्तान रहेका छन् । जसमा दुई छोरा र दुई छोरी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ