• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मधेश राजनीति

    मधेसमा थप ५ राज्यमन्त्री नियुक्त

    1.7K
    SHARES



    काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले मंगलबार नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १/१ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् ।

    यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् । योसँगै मधेसको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । मधेसमा १२ मन्त्रालय रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ