काडमाडैं । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ । मंगलवार राती खाेलाले वगाएर वेपत्ताभएका दुई मज्दुर मध्य एक जनाकाे शव भेटिएकाे हाे ।
साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका-३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिएका छन् ।
इखुवा खोलाको बाढीले आज इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु अहिलेसम्म पनि वेपत्ता रहेका छन् ।
प्रतिक्रिया