• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रातो मच्छिन्द्रनाथ रथयात्रा भोलि, ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याइने

    1.7K
    SHARES



    प्रकाश अवाले, ललितपुर । प्राग १६८० वर्षदेखि निरन्तर चल्दै आइरहेको वर्षा र सहकालको देवताको रूपमा मानिदै आएको रातो मच्छिन्द्रनाथ( करूनामय)को रथ भोलि श्रावण १७ गते ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याइने भएको छ

    विश्व सम्पदामा सुचिकृतको प्रकृयामा रहेको यस ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्रामा बच्चाहरूदेखि युवासमेत बाजागाजा, नाचगान गर्दै रथ तानेर रमाउने भएकोले यस जात्राको विशेष महत्त्व रहेको इतिहासकार एवं संस्कृतिविद्हरू बताउछन्।

    इटी टोलबाट जाउलाखेलसम्म रथ तान्नका लागि गुठी संस्थान ललितपुरले किर्तिपुर नगरपालिका मार्फत सातगाउँलाई निम्तो पठाउने विगतदेखिको परम्परालाई निरन्तरता दिएको संस्थानका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए। ज्याउला जात्रा अर्थात् भोटो देखाउने जात्रा सातगाउँको जात्राको रूपमा पनि मनाउने गरिन्छ।

    रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको इटी टोलबाट जाउलाखेल पुर्याएको चौथो दिनमा राष्ट्र प्रमुखको उपस्थितिमा प्रधानमन्त्री ,मन्त्रीहरू र नेपालस्थित विदेशी नियोगका कुटनैतिकहरू समेत भोटो जात्रामा सहभागी हुने गुठी संस्थान ललितपुरका प्रमुखले जानकारी दिए।

    उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा समेत दिने गरिन्छ। भोटो देखाउने जात्रा सम्पन्न भएपश्चात रातो मच्छिन्द्रनाथको रथ जात्रा पनि विधिवत रूपमा सम्पन्न हुनेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ