• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरामा भएको स्कुलबस दुर्घटनाबारे ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन

    823
    SHARES



    काठमाडौं । पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।

    समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् । यस्तै, समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी रहेका छन् ।

    समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको संख्या, विद्यार्थी राख्न पाउने संख्यालगायत विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ