• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एसईईको नतिजा पुनर्योगपछि ५९ जनाले ल्याए ४ जीपीए

    873
    SHARES



    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

    बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

    प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

    त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया