काठमाडाैं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीकाे पदभार ग्रहण कार्यक्रम प्रभावित भएकाे छ । मन्त्रालय अगाडी धर्नामा बसेका कर्मचारीका कारण मन्त्रि अधिकारीकाे पदभार ग्रहण कार्यक्रक प्रभावित बनेकाे हाे ।
धादिङ-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारीलाई पद बहालीका लागि मन्त्रालय पुग्दा प्रवेशद्वारमै अवराेध भएकाे थियाे ।
कृषि तथा पशसपन्छी विकास मन्त्रालयकाे प्रवेशद्वारमा एक सयकाे हाराहारीमा कर्मचारीहरूले वृत्ति विकासकाे माग गर्दै १६ दिनदेखि धर्ना दिंदै आएका छन् ।
प्रतिक्रिया