काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् । आरजु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । उनी परराष्ट्र मन्त्री बानेकी हुन् ।
यस्तै, केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रतिक्रिया