• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भेटिएनन् पहिरोमा परेका यात्रुसहितका बस, रात परेपछि खोज तथा उद्धार कार्य स्थगित

    1.5K
    SHARES



    काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै सङ्केत नभेटिएको प्रहरीले बताएको छ।

    शुक्रवार बिहान झन्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

    साँझ झन्डै ६:३० बजेसम्म खोज्दा पनि बस र यात्रुबारे केही जानकारी नपाइएपछि खोजी कार्य आजलाई स्थगित गरिएको र भोलि बिहानैदेखि पुन: निरन्तरता दिइने प्रहरी उपरीक्षक भावेश रिमालले बताए। यद्यपि बसको पर्दा भने फेला परेको उनको भनाइ छ।

    नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

    एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको केसीको भनाइ छ ।

    एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको थियो ।

    गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।

    उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता रहेका छन् । दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया