काठमाडौँ । नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलमा बोलाइका छन् । पौडेलले शुक्रबार अपराह्नका लागि वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन् ।
संविधानविद् भीमार्जुन आचार्यले आफूलाई पनि राष्ट्रपति कार्यालयबाट बोलावट भएपनि नगएको बताए । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेको बुझेको उनले बताए ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । तर, कुन धारा अनुसार गर्ने भन्नेबारे स्पष्ट हुन राष्ट्रपतिले कानुनविद्लाई बोलाएको शीतल निवास स्रोतको भनाइ छ ।
प्रतिक्रिया