• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो

    639
    SHARES



    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब पीडितहरूसँग छलफल गर्ने भएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरेएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

    सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको सिंहदरबारमा हुने बैठकमा छलफल गरिने उनले बताएका छन् ।

    सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए । त्यस्तै मंगलबार सहकारी विभागका पूर्व रजिष्टारदेखि बहालववाला रजिष्टारसँग पनि बैठकले सामूहिक छलफल गरेको थियो ।

    छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्या भएको भनाइ आएको समिति संयोजक थापाले बताएका छन् ।

    त्यस्तै ऐन-नियम अभावमा सहकारी क्षेत्रको नियमनमा राज्यबाटै बेवास्ता हुँदा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया