• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार ! दुई जना पक्राउ, थप अनुसन्धान गर्दै प्रहरी

    1.7K
    SHARES



    काठमाडौँ। बारामा एक जना क्याम्पस प्रमुखमाथि गोली प्रहार भएको छ । बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    जिल्लाको आदर्शकोतवाल गाउँपालिका-३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले कुशवाहामाथि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

    ‘उनी घरतिर जाँदै गर्दा मोटरसाइकलमा आएका २ जनाले पछाडिबाटै गोली हानेका रहेछन् । कुशवाहाको पिठ्युँमा गोली लागेको छ,’ उनले भने ।

    डिएसपी न्यौपानेका अनुसार घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।

    गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया