• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

आठ कक्षा फेल दुर्गा प्रसाईले नेपाली महिलाहरुको इज्जतमाथि धावा बोल्नुको कारण यस्तो रहेछ

27K
SHARES



काठमाडौं ।झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले एमबीबीएस पढ्न बंगलादेश पुग्ने नेपाली छात्राहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको गम्भीर आरोप लगाएपछि उनीमाथि कारबाही गर्न चौतर्फी माग बढेको छ ।

प्रसाइँलाई नै मद्दत पुग्ने गरी कानूनमन्त्री शेरबहादुर तामाङले सोहीखालको अभिव्यक्ति दिंदा उनले मन्त्री पदबाटै राजीनामा दिनु प-यो । प्रसाइँलाई सरकारले कारबाही नगरे उनको मुख नै सिलाइदिने चेतावनी बंगलादेशमा रहेका नेपाली छात्राहरुले दिइसकेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बंगलादेश पढ्न जाने छात्र ५ वर्षमा आउने तर छात्रा भने ९ वर्ष लाग्ने गरेको प्रसाइँले बताएका थिए । प्रसाइँले छात्राहरुमाथि त्यहाँका प्रोफेसरहरुले यौन शोषण गर्ने गरेका कारण उनीहरु ९ वर्षमा आउने गम्भिर आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर सामाजिक सञ्जालमा चर्चा र बद्नामी दुबै कमाइरहेका प्रसाइँले बंगलादेशका शिक्षण संस्था र प्रोफेसरहरुमाथि त्यस्तो गम्भिर आरोप लगाउनुको रहस्य भने अर्कै रहेछ ।

आठ कक्षा समेत उत्तीर्ण नगरेका प्रसाइँको लक्ष्य बंगलादेशका लागि नेपालको अबैतनिक राजदूत बन्ने थियो । त्यसका लागि उनले धेरै दौडधुप पनि गरेका थिए ।

तर, बंगलादेश सरकारले उनलाई ठाडै अस्वीकार गरेपछि उनी बंगलादेशविरुद्ध खनिएका हुन् । आठ कक्षा उत्तीर्ण नगरेको, बंगलादेश र नेपालबीच आयात–निर्यातको कुनै व्यवसाय नगरेको र विवादास्पद छवि भएका कारण बंगलादेशले प्रसाइँलाई अबैतनिक दूतमा अस्वीकार गरेपछि उनी बंगलादेशसँग रुष्ट बनेका हुन् ।

त्यसकारण बंगलादेशको विरोधमा प्रसाइँको पछिल्लो अभिव्यक्ति आएको उनका एक सहयोगीले बताए । तर, उनले जुन अभिव्यक्ति दिए, त्यसले बंगलादेशलाई कुनै असर गरेन । अन्ततः उनी आफ्नै बोलीका कारण फन्दामा परेका छन् । राजदूत बन्न नपाएको झोकमा नेपाली महिलाहरुको इज्जतमाथि धावा बोलेका प्रसाईलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग चौतर्फी उठेको छ ।

२०७५ साउन १० मा प्रकाशित ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ