• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय राजनीति

    फौजदारी मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर, राष्ट्रपति चुनाव लड्न पाउलान् ?

    1.5K
    SHARES



    काठमाडौँ । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् ।

    बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । यो सँगै कुनै पनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प बनेका छन् । न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्स सँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

    सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ । करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।

    फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भने -‘यो अपमान हो । अदालतको धाँधली पूर्ण निर्णय गर्यो।’ उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । यसो त अब फौजदारी मुद्दामै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक कता मोडिने हो, यो सबैको चासोको विषय बनेको छ ।

    ट्रम्पलाई सजाय जुलाई ११ मा सुनाइनेछ । दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् । अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका न्यूनतम योग्यता तोकेको छ । उम्मेदवार कम्तीमा ३५ वर्षको हुनु पर्छ, आजीवन अमेरिकी नागरिक हुनु पर्ने अनि कम्तीमा १४ वर्षसम्म अमेरिकामै बसेको हुनु पर्छ ।

    आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन । जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । यसको अर्थ ट्रम्प चुनावमा सहभागी हुन सक्छन् । यो फैसलाले केही स्वीङ्ग स्टेटमा उनका मतदाताहरूले भोट नदिन सक्छन् । फैसलाले ट्रम्पले पाउने मत प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया