• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय राजनीति

    भारत लोकसभामा कंग्रेसको सांसद संख्या यथावत

    510
    SHARES



    काठमाडौँ । भारतमा उपनिर्वाचन भएको दुवै लोकसभा सिटमा कंग्रेस आईका उम्मेदवार विजयी भएका छन्।

    केरलको वायनाडबाट कंग्रेस उम्मेदवार प्रियंका गान्धी फराकिलो मतान्तरले निर्वाचित भइन् भने महाराष्ट्रको नान्देडमा कंग्रेसकै चवन रविन्द्र वसन्तराओ निर्वाचित भएका हुन्।

    वायनाडमा प्रियंका गान्धीले पाँच महिनाअघि राहुल गान्धीको मतान्तरलाई समेत तोडिन् । उनले ४ लाख १० हजार ९३१ मतान्तरले सिपिआइका सथ्यन मोकेरीलाई पराजित गरेकी हुन्।

    नान्देडमा भने कंग्रेस र भाजपाबीच कडा प्रतिस्पर्धा भएको थियो। सुरूवातमा भाजपाका सन्तुकराओ मरतराओ हम्बार्डेले अग्रता लिएका थिए।अन्तिमममा त्यहाँ कंग्रेस आईका वसन्तराओ १ हजार ४५७ मतान्तरले विजयी भएका हुन्।

    भारतको लोकसभामा कंग्रेसको सांसद संख्या ९९ छ। उपनिर्वाचनमा जितसँगै उसले लोकसभामा सिट संख्या थथावत राख्न सफल भएको हो। लोकसभा चुनावमा वायनाड र नान्देड दुवैमा कंग्रेस विजयी भएको थियो।

    ५४३ सदस्यीय लोकसभामा भाजपाको २४०, समाजवादी पार्टीको ३७, अल इन्डिया त्रिणमूलको २८, डिएमकेको २२, तेलुगु देशम पार्टीको १६, जेडियूले १२ सांसद छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया