• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय राजनीति

    महाराष्ट्र विधानसभामा भाजपाले खोल्यो खाता, कोलम्बकर विजयी

    580
    SHARES



    काठमाडौँ । महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ। महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन्।

    भारतको निर्वाचन आयोगका अनुसार कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका हुन्। उनले ६६ हजार ८०० मत ल्याउँदा उद्धब ठाक्रे नेतृत्वको शिव सेनाकी श्रद्धा श्रीधरले ४१ हजार ८२४ मत ल्याइन्।

    महाराष्ट्र नवनिर्माण सेनाकी स्नेहल सुधिर जाधवले ६ हजार ९७२ मत प्राप्त गरिन् । रिपब्लिकन सेनाका मनोजमोहन गायकवाडले १ हजार ४०३ मत पाउँदा स्वतन्त्र सहित अन्य उम्मेदवारलले १ हजारभन्दा कम मत पाए।

    विधान सभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा एकनाथ सिन्दे गुटको शिवसेना र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टीसहितको महायुति गठबन्धन बनाएका छन्।

    भारतीय कंग्रेसले उद्धव ठाकरेको शिवसेना (युटिबी) र शरद पवारका राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) सँग मिलेर महाविकास अघाडी गठबन्धन बनाएका छन्।

    भाजपा नेतृत्वको गठबन्धनले महाराष्ट्र विधानसभामा बहुमत ल्याउने प्रारम्भिक मतपरिणामले देखाएको छ। महाराष्ट्रका २८८ सिटमध्ये २२० सिटमा भाजपा नेतृत्वको महायुति गठबन्धनले अग्रता लिएको छ।

    कंग्रेस आईसहितको महाविकास अघाडि गठबन्धनले महाराष्ट्रका ५७ स्थानमा मात्रै अग्रता लिएको छ। झारखण्डमा कंग्रेस आईसहितको गठबन्धनले भाजपा रहेको गठबन्धनभन्दा १२ बढी ठाउँमा अग्रता लिएको छ।

    ८१ सिटमध्ये भाजपासहितको गठबन्धनले ३२ ठाउँमा अग्रता लिँदा कांग्रेस आईसहितको गठबनधनले ४६ ठाउँमा अग्रता लिएको छ।

    सुरूवाती परिणामअनुसार झारखण्डमा भने कंग्रेस आई नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। त्यहाँ ४५ ठाउँमा कंग्रेस आई नेतृत्वको गठबन्धनका उम्मेदवारले ३३ ठाउँमा अग्रता लिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया