• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले संसदीय दलको बैठक बस्दै, संसद अवरोध खुलाउनेबारे छलफल हुने

    1.4K
    SHARES



    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ ।

    सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।

    साथै, संघीय संसदमा जारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबारे समेत छलफल हुनेछ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ ।

    यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही माग राखेर कांग्रेसले मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत टेबुल गर्न नदिएको टिप्पणी सत्तापक्षले लगाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ