• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन चल्दैन : कृष्ण सिटौला

    341
    SHARES



    काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले सहकारीको रकम अपचलनमा संलग्न रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताएका छन् ।

    शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन नचल्ने बताएका हुन् ।

    गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदको दुवै सदनको बैठक चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय रहेको उनले बताए ।

    शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीमाथि छानबिन समिति गठन नभएम्म सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको थियो ।

    विगतमा प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिएका र निर्दोष रहेको अवस्थामा पुनः जिम्मेवारीमा फर्केका उदाहरण रहेको स्मरण गर्दै कांग्रेस सांसद सिटौलाले वर्तमान गृहमन्त्रीको सम्बन्धमा पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन् । पदमा रहेका व्यक्तिमाथि निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ