• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

    479
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

    ‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।

    यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।

    ‘जब सम्पूर्ण कम्युनिस्ट शक्तिहरूबिच एकता र सहकार्य भएको त्यतिबेला ठुला उपलब्धि भएका छन् । दुई तिहाइ बहुमत ल्याएका छौँ । जब एक अर्काविरुद्ध विद्वेष फैलाउने काम गरेका छौँ, त्यतिबेला कमजोर भएका छौँ । विगतका तितो यथार्थ सबैले मनन गरेर अगाडि जानु आजको आवश्यक हो’, उनले भने ।

    प्रतिक्रान्तिबाट लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन चुनौती रहेको भन्दै उनले प्राप्त उपलब्धिका लागि सम्पूर्ण गणतन्त्रवादीहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

    त्यस्तै उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरण र समाजवादको आधार तयार पार्ने कुरामा जुन बिन्दुमा पुगिएको छ त्यसमा इमान्दार भएर लाग्नु नै मुख्य आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

    तर, जुन जुन बेला कम्युनिष्ट शक्तिहरूबीच एकता भएका छन् ती बेला ठूलो सफलता प्राप्त भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ