• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

2.9K
SHARES



काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।

वैवाहिक बलात्कारको आरोप लागेका उनलाई बुधबार न्यायाधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

आरतीले श्रीमान्विरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।

उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन्। सोही मुद्दाको सुनुवाइमा सर्वोच्चले गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ