• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक- मन्त्री श्रेष्ठ

    707
    SHARES



    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    चीनको सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

    चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए ।

    आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर आफूले चिनियाँ पक्षसँग छलफल गरेको पनि उनले बताए । ‘मेरो मुख्य ध्यान नेपालको अहिलेको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धिमा चीन र नेपालको बीचको अन्तर्क्रिया र अन्तरनिर्भरताको जुन स्थिति छ, त्यसलाई कसरी सुदृढ गर्ने भन्नेमा केन्द्रित रहेको थियो,’ उनले भने, ‘नेपाल–चीनको डभेलपमेन्ट करिडोरको रुपमा नेपाल, तिब्बत, सिचुआन र छोङछिङलाई बनाउन सकियो भने हामीले धेरै उपलब्धि लिन सक्छौं । तीनटै ठाउँमा मेरो गम्भीर छलफल भयो । अहिलेको इकोनोमिक डिप्लोमेसीलाई केन्द्रमा राखेर मैले यी तीनवटा प्रदेशमा छलफल गरेको छु ।’

    मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ