• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    क्रान्तिकारीक कम्युनिस्ट पार्टीले गर्यो ५ बर्षे जेल जीवन बिताएर रिहा भएका राजबन्दीहरुलाई स्वागत

    2.5K
    SHARES



    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ५ बर्षे जेल जीवन बिताएर रिहा भएका राजबन्दीहरुलाई स्वागत गरेको छ ।

    २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वागत तथा अभिनन्दन गरेको हो ।

    पार्टीका अध्यक्ष किरण, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कन्चन, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य सीताराम तामाङ, कार्यालय सदस्य दिपक, कार्यालय सदस्य इन्द्रमोहन सिग्देल, कार्यालय सदस्य कृष्ण धमला, कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गरेका थिए ।

    कार्यक्रममा राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमालले कारागार बसाईका तीता अनुभूतिहरु राखेका थिए । अध्यक्ष किरण, नेताहरु कञ्चन र सुदर्शनले नेपाली क्रान्तिमा राजबन्दीहरुले खेलेको भूमिका, क्रान्तिका सामुन्ने देखिएका चुनौती र महान सम्भावनाका बारेमा चर्चा गरेका थिए ।

    साथै कारागार पनि क्रान्तिको एउटा मोर्चा भएको भन्दै नेताहरुले राजबन्दीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ