• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सन्दीप लामिछानेको मुद्दा उच्चमा दर्ता, थुनाबाहिरै बसेर लड्न पाउने

    1.4K
    SHARES



    काठमाडौँ । उच्च अदालत पाटनमा सन्दिप लामिछानेको मुद्दा दर्ता भएको छ ।

    क्रिकेटर सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन बोकेर बिहीबार उच्च अदालत पाटन पुगेर मुदा दर्ता गराएका हुन् ।

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १ सय ३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता भएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार जस्ता मानबहादुर कार्कीले सन्दीपलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १ सय ३७ को सुविधा दिइएको जानकारी दिए ।

    काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि फैसला भएको थियो ।

    तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

    आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

    यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । उनीविरुद्ध पुस २४ मा कैद सजाय तोकिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ