• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

    405
    SHARES



    काठमाण्डाै। कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    परीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो-मेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताको लागि उपस्थित हुन कार्यालयले भनेको छ ।

    कार्यालयका अनुसार परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ । परीक्षा समयभन्दा १ घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने कार्यालयले जनाएको छ । परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू लैजान निषेध गरिएको छ ।

    परीक्षामा चिट, कपि गरेको तथा अरु अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयको चेतावनी छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७ सय १६ जनाले आवेदन दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ