• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण

    1.5K
    SHARES



    काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग रवि र जीबीको विवरण मागेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम हिनामिनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता सम्बन्धित बैंकहरुसँग माग गरेको छ ।

    विभागले २०८० माघ ८ गते बैंकहरुलाई पत्र पठाउँदै सबै २० वटा बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी विवरण पठाउन भनेको हो ।

    विभागले बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ