• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    1.6K
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    शुक्रबार दिउँसो २ बजेका लागि सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेता खतिवडाका अनुसार माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ ।

    ‘जिल्ला तहबाट विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू कति र कसरी समेट्ने भन्नेबारेमा सामान्य छलफल हो । आजको सचिवालयले अरू खासै ठुलो निर्णय केही गर्दैन’, खतिवडाले भने ।

    सो पार्टीले माघ १४ गतेबाट विधान संशोधनका लागि केन्द्रीय परिषद् बैठक बोलाएको छ । देशभरका करिब १५ सय प्रतिनिधि सहभागी हुने परिषद् बैठकले प्रस्तावित पार्टी विधानको मस्यौदालाई थप परिष्कृत पार्ने सो पार्टीका नेताहरूले बताएका छन् ।

    ‘केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेर कार्यान्वयनमा जान्छ’, नेता खतिवडाको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ