• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गण्डकी समाचार

    राष्ट्रियसभा उपनिर्वाचन- गण्डकीमा पनि मतदान सुरु

    830
    SHARES



    पोखरा । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ ।

    सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्य र प्रदेशसभा सदस्य भीम कार्कीले मतदान गरेका छन् ।

    उनीहरूले मतदानको सुरुमै मत खसाएका हुन् । आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने कार्की एमालेबाट निर्वाचित भएका हुन् ।

    गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा छन् ।

    एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ