• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मौन अवधिमा एमाले र कांग्रेसको छुट्टा छुट्टै भेला

    1.7K
    SHARES



    विराटनगर । राष्ट्रिय सभा निर्वाचनको मौन अवधिको समयमा दुई गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् ।

    कोइराला निवासमा चियापानका लागि भन्दै गठबन्धनका मतदातालाई भेला गरिएको थियो । नेकपा एमाले र राप्रपाले भने मोती दुगडको होटल ह्यारिसनमा भेला राखेको हुन् ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रिय सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएका थिए ।

    कोइराला निवासमा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मालगायत केन्द्रिय नेता सहभागी थिए । गठबन्धन दलका केही नेता पनि पुगेका थिए ।

    कोइरालाले निर्वाचनमा कांग्रेस एक भएको सन्देश दिन भेला राखेका हुन् । नेकपा एमाले र राप्रपाले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा ह्यारिसनमा भेला राखेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया