• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने

    9.9K
    SHARES



    काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट पाउने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् । फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।

    तीमध्ये माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिँदै छ ।

    साबिक स्थानमा रिक्त ३ सिट र एमालेको गुम्ने निश्चित भएको थप ३ सिट पाउने माओवादीले पाउने लगभग निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।

    ‘हामीले ७ सिटमा दाबी गरेको हो । माओवादीले जितेको साबिक ३ सिटसहित थप ३ सिट पाउने लगभग निश्चित भएको छ । कुन प्रदेशमा कुन क्लष्टर लिने भन्ने सम्बन्धमा छलफल जारी छ’, उनले भने ।

    पौडेलका अनुसार साबिक बाहेक माओवादी केन्द्रले थप बागमती, गण्डकी र कर्णाली पाउने सम्भावना छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि माओवादीले ६ सिट पाउने गरी दलहरूबिच सहमत भए पनि क्लष्टर मिलाउन बाँकी रहेको बताएका छन् । आइतबार बेलुकासम्म सबै प्रदेशबाट सिफारिस भएर आएमा उम्मेदवारको टुंगो लाग्ने उनले बताए ।

    पटक पटक अवसर पाएका, समानुपातिकमा नाम लिस्ट भएका र कम्तीमा गत निर्वाचनमा पराजित भएका उम्मेदवारलाई उम्मेदवार सिफारिस नगर्ने गरी छलफल ढकालको भनाइ छ । राष्ट्रिय सभामा नयाँ र योग्य व्यक्तिलाई पठाउन युवा नेताहरूले दबाब दिइरहेका छन् ।

    पुस पाँचमा बसेको माओवादी पदाधिकारी बैठकले प्रत्येक प्रदेश र जवस मोर्चाबाट ३-३ जनाको नाम सिफारिस गरेर पठाउन मातहतका समितिलाई निर्देशन दिएको थियो ।

    सबै प्रदेशबाट सिफारिस भएर आउने क्रम जारी रहेको मंगलबारसम्म निर्णय हुन सक्ने उनले बताए । ६ सिटका लागि सबै प्रदेशबाट करिब डेढ सयको हाराहारीमा सिफारिस भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ