• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मित्र मिलन सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

    3.9K
    SHARES



    काठमाडौँ। पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सहकारीको रकम हिनामिना आरोपमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो । पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म रहेका छन् ।

    जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ । सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो ।

    पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक समेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

    संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरू विरुद्ध पीडितले उजुरी दिएका थिए ।

    सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको निकालेको थियो । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया