• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ

    2.6K
    SHARES



    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन् ।

    सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

    जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन् ।

    दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताए। प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको उनले बताए ।

    यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

    भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्‍का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ