• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरा विमान दुर्घटना अपडेट : ६९ जना मृत घोषित, तीन जनाको अवस्था अझै अज्ञात

    3.1K
    SHARES



    काठमाडौं। आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् ।

    यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको छ ।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार रहेका थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि ३ जना भने अझैँ बेपत्ता रहेका छन् ।

    यस्तै, पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले बताएकोछ ।

    आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरलाइन्सको ATR ७२  विमान ११ बजे कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

    खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो र करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया