• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश समाचार

    वाणिज्य बैंकहरुले बढाए नियम विपरित ब्याजदर, कसले कति बढाए ?

    2.2K
    SHARES

    काठमाडौँ। वाणिज्य बैंकहरुले नियम विपरित नै ब्याजदर बढाएका छन् ।

    नियामक निकाय नेपाल राष्ट्र बैंकले एक पटकमा अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर बढाउन सक्ने व्यवस्था गरेको छ तर बैंकहरुले उक्त नियमको उल्लंघन गर्दै ब्याजदर प्रकाशन गरेका आइएको छ ।

    विगत ६ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका बैंकहरुले असोजमा भने भद्र सहमति भंग गर्दै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने निर्णय गरेका थिए ।

    वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपमा १२.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए ।

    सबै वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढाएका छन् । जसअनुसार उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

    प्रभु बैंकले ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३% सम्म ब्याजदर दिने जनाएको छ । त्यसैगरी एनसीसी बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर १५ प्रतिशत पुर्याएको छ । सेञ्चुरीले १४.१४ प्रतिशत, प्राइम बैंकले १४.१३ प्रतिशत, सनराइजले १४.१३ प्रतिशत, सानिमाले १३.५१ प्रतिशत र ग्लोबल आईएमई बैंकले १३.१३३ प्रतिशतसम्म मुद्दतिको ब्याजदर पुर्याएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया