रमिला बस्नेत । प्रविधिले संसार जितेका पनि छन् । संसार नंगिएका पनि छन् । छलकपड गरेर केही गलत गरिरहेका छन् भने दुधको दुध पानीको पानी छुट्याई दिने पनि यही प्रविधि हो । तर आज यही प्रविधिले मलाई छोरा मान्छेको चरित्र उदांगो पार्न सघाएको छ । उनीहरु कस्ता हुन्छन् भन्ने ऐनाले देखाए जस्तै छर्लङ्ग बनाईदिएको छ । मलाई सुरुमा पत्याउनै गाह्रो पर्यो । ४५ नाघेका हाम्रो जोडी कुनै पुस्तकमा उल्लेख गरिएको प्रेम जोडीको भन्दा कम थिएन । उहाँ अलिक प्रविधि बारे जानकार विहिन हो भन्नुपर्छ । यस कुरामा म अलिक टाठी छु ।
उमेरको अन्तरालसँगै राम लक्षमण जस्ता छोरा छन् । व्यापार ब्यवसाय र सामाजिक प्रतिष्ठामापनि हाम्रो जोडी अरुले डाहा गर्ने खालको थियो । नाता–गोता साथी–भाईहरु कहिलेकाही त मुख नै फोरी हाल्थे । दुनियाँको कस्तो उदाहरणीय प्रेमिल जोडी । यस्तो सुन्दा आनन्द लाग्थ्यो । उमेर काट्दै जाँदा उहाँमा सुस्त श्रमण देखा परेको थियो । कुनै गुनासो थिएन । हामी राम्रै जमिरहेका थियौँ । बानी व्यवहार अत्यन्तै सोझो श्रीमानलाई सबैले इमान्दारको उपमा दिएका थिए । जो पनि भन्थे तिम्रो श्रीमान त कति इमान्दार । सबैभन्दा ठुलो धन नै यही हो । साथीहरुले कुरा गर्दै मन फुरुङ्ग भएर पुतली झैँ नाचिरहेको हुन्थ्यो ।
श्रावणको महिना अब हाम्रो स्थायी थलोमा मात्र केन्द्रीत भएर पुग्दैन भन्ने निश्कर्ष श्रीमान–श्रमतीले नै निकालिऊँ । छोरालाई एब्रोड स्टडीका लागि पठाउनु थियो । मैले राजधानी काठमाडौमा गएर ब्यापरको सञ्जाल थप फिजाउने घर सल्लाह भयो । उहाँ जन्मथले नेपालको मध्यभागमै रहने म काठमाडौमा बसेर ब्यपारलाई अघि बढाउने भन्दै झोला बोकेर साउन पहिलो हप्ता काठमाडौ लागे । श्रीमान र दुई छोरा त्यतै रहे । यता आएपछि ब्यापार दोब्बर हुन थाल्यो । श्रीमानसँग योजनाका कुरा प्रगतिका कुरामा दैनिक घण्टौ कुरा भइरहेको हुन्थ्यो ।
समय वित्दै गयो । दुई महिना कट्न मात्रै लागेको थियो । सानो छोरा रुदैँ । गुनासो गर्न थाल्यो । मम्मी तपाई काठमाडौ गएपछि बाबामा परिवर्तन आएको छ । घण्टौ ढोका थुनेर फोनमा कुरा गर्ने । समयमा घर नआउने । झर्को फर्को गर्ने । पुरै ब्यवहारमा परिवर्तन आएको गुनासो छोराले गर्यो । मैले तत्कालै काठमाडौ छोडेर घर फर्किने निर्णय लिए । त्यही बिहान म घर पुगे ।
बिहानको झिमिसेमा घर छिरेकी थिए । ठुलो छोरा मोटरसाईकल लिएर बसपार्क सम्म लिन आएको थियो । घर आएर ढोका डक्ढक् गरे । ठूलो स्वरमा किन डिष्टर्व गरेको सुत्न भन्दै छोरालाई कराउने शैलीमा आवाज निकाले । मैले म हो भने । उनी लौ किन थाहै नदिई आएको भन्दै आत्तिएको आवाज निकाल्दै ढोका खोलेर भित्र छिरे । म भित्र पस्न नपाउदै उनले मोबाईल च्यापिहाले ।
हामी पहिले देखि नै एक अर्काको मोबाईललाई वास्ता गर्दैन थियौँ । पर्सनल डिभाईस पर्सनल नै हुनुपर्छ भन्ने हाम्रो अण्डरस्ट्याण्डिङ्ग थियो । तर त्यो दिन मेरो नजरपनि उनकै मोबाईलमा थियो र उनको नजरपनि उनकै मोबाईलमा थियो । संयोग हो या कनेक्सन । मलाई छोराले मोबाईलमा मात्र कुरा गर्छ भनेकाले कतिबेला मोबाईल हेरौँ थियो । उनलाई बुढिले हेरिहाल्छे के भनेर लुकाउनमा ध्यान थियो होला सायद । यही भएर कनेक्सन मिलेको थियो । मैले तत्कालै सामान्य व्यवहार देखाउने निर्णय लिए । ब्यापारकै काम परेर आएको उनलाई बुझाउने प्रयास गरे । उनले पत्याएपनि । खाना पकाएर ख्वाए । उनलाई अफिस पठाए । आफु आराम गर्ने सुनाए ।
उनी नुहाउन गएको बेला हतार हतार मोबाईलमा अटोकल रेर्कडर स्क्रिन सेभर मोबाई एप्स इन्सटल गरिदिए । मलाई थाहा थियो की उनी मोबाईलमा भिडियो च्याट र कल बाहेक केही चलाउन चान्दैनन् । उनी नुहाएर बाहिर आउँदा सम्म मैले इन्टल गरेर सेट गर्न भ्याईसकेको थिए । अब मैले उनको परिक्षणका लागि सञ्जालमा बाँधिसकेको थिए । केही दिनको सेम्पल लिनु थियो । फेरी उनलाई पहिले जस्तै फ्रि छोड्न दादीकोमा जाने निर्णय लिए । ता की म नभएका बेला गर्ने कर्तुत अब एप्स राखेपछिपनि गरुन् ।
अनि जुटोस् दुधको दुध पानीको पानी, मैले उनलाई भने अफिसबाट चाँडै आउनु म आज दिदीकोमा जान्छु । दिदिलाई सन्चो छैन रे । म दिदिकोमा गए । म दिदिकोमा गएपनि ध्यान भने उनकै मोबाईलमा थियो । के-के भइरहेको होला । मेरो दिमागले त्यही मात्र काम गरिरहेको थियो । छोराले सबै सुनाएका कारण हामीलाई थाहा भइसकेको थियो की यसले बद्मासी गरिरहेको छ । प्रमाणवीनै सिधैँ कुरा गरौँ त आफै पछि पर्ने उसलाई गलतबाटोबाट बाहिर ल्याउन रियलाईज गराउन पनि नसक्ने । त्यही भएर त्यो एप्स राखिदिएको थिए ।
दुईदिनपछि घर आए । उनको मोबाईल मागे । उनले सहजै दिए । उनले मोबाईलको कल लग र म्यासेज मात्र डिलिट गर्न भ्याएका रहेछन् । उनले जानको पनि त्यति मात्र थियो । मैले बनाएको फोल्डर ओपन गरे । दुई दिनमा ८१ पटक भिडियो कल र ५७ पटक फोन कल गरिसकेका रहेछन् । ८१ वडा भिडियो र ५७ वडा अडियो । देखेपछि मेरो होस हवास उड्यो । उनी केही प्रमाण छैन भनेर ढुक्क साथ किचेनमा गएका थिए । मैले छोरालाई सबै अडियो र भिडियो ल्यापटपमा सार्न लगाए । खाना खान दिएर अफिस पठाए ।
उनले खाना खाँदा सम्म छोराले मोबाईलबाट ल्यापटपमा अडियो भिडियो सार्न भ्याइसकेको रहेछ । उनी गएपछि ल्यापटपको भिडियो खोल्यौँ । छोरासँगै हेर्न सक्ने नै थिएनन् । मैले छोरालाई अर्को कोठामा जान भने । केही समय लगाएर ती भिडियो हेरे । सबै हेर्नै सकिन । म बसेको पृथ्वी भासियो । पृथ्वीमा सबै हावा सकिएको महसुस भयो । मलाई उकुसमुकुस भयो । रुदाँ रुदै होस उढेछ, छोरा आएर ब्युझायो ।
त्यसपछि मैले उसलाई फोन गरेर घर बोलाए । ५-७ जनासँग गरेको रंगलीला के हो प्रश्न गरे । उसले जिद्धी गरेर हैन भन्यो । मैले एप्स राखेर तेरो मोबाईलमा सबै रेकर्ड गरेको छु भने । उसले त्यसलाई नष्ट गर्न मोबाईल तत्कालै फुटायो । मैले ल्यापटपमा राखेको छु भने त्यसपछि उ बेस्सरी चिच्यायो । त्यो दिनदेखि मैले पुरुषको चरित्र ऐनामा देखे जस्तै देखेको छु ।
प्रतिक्रिया