• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी

    विप्लवले चाले अर्को कदम, माओवादी केन्द्रसँग गरे यस्तो ३ बुँदे सहमति

    33.6K
    SHARES

    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)बीच ३ बुँदे सहमति भएको छ । सहमति पत्रमा दुवै पार्टीका प्रमुख नेता विप्लव र सुशीलले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षरित बिज्ञप्तिमा दुई कम्युनिस्ट पार्टीबीच दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने जनाइएको छ । यस्तै दुवै पार्टीले क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने जनाएका छन् ।

    शनिबार साझ सार्वजिनक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।- “आज मिति २०७७ फागुन २९ गतेका दिन हामी नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच संयुक्त बैठक बसि निम्न सहमति गरियो । १) दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, २) क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, ३) यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने ।”

    नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् । हालै मात्र ओली सरकारसँग वार्ता गरेर सार्वजानिक भएका विप्लवले अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग निरन्तर छलफल जारी राखेका छन् ।

    तत्काल पार्टी एकता गरेर अगाडी बढ्न तयार पार्टीहरुसँग पार्टी एकता गर्ने र अन्य पार्टीसँग संयुक्त मोर्चा बनाएर सहकार्य गर्ने गरी सबै बापन्थी क्रान्तिकारीहरुसँग छलफल जारी गरिएको नेकपाका महासचिव विप्लवले सञ्चारकेन्द्रसँग बताएका छन् । के अब तपाईहरु पार्टी एकता गरेर अगाडी बढ्न तयार भएको हो ? भन्ने सञ्चारकेन्द्रको प्रश्नमा विप्लवले भने- “हो हामी पार्टी एकता गरेर सँगै जान तयार पार्टीसँग एकता र अहिलेलाई संयुक्त रुपमा कार्यक्रम र संघर्षमा जान तयार पार्टीहरुसँग कार्यगत गरेर अगाडी बढिरहेका छौ ।”

    गत माघ २९ गते बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीबीच संयुक्त मोर्चा घोषणा गरेर अगाडी बढिरहेको नेकपाले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गरेर संयुक्त संघर्ष अगाडि बढाएपछि राजनीतिक वृतमा निकै तहल्का पिट्ने गरी छलफल हुन थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया