• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नागरिक हत्यामा उत्रियो ओली सरकार, भोजपुरमा नेकपा कार्यकर्ता तीर्थराजको गोली हानी हत्या

    24.3K
    SHARES



    काठमाडौं । प्रहरीले गोलि हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला स्तरीय कार्यकर्ता तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ ।

    मंगलबार जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ खोलाबाट गिरफ्तार गरेर हत्कडी लगाएपछि प्रहरीले उनीमाथि गोली हानेको नेकपा भोजपुरका सेक्रेटरी ज्वाला सिंहले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

    तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका घिमिरेको मंगलबार मध्यराति राति २ बजे धरानमा उपचार हुँदाहुँदै मृत्यु भएको सेक्रेटरी ज्वालाले पुष्टि गरेका छन् । षडानन्द नगरपालिका २ स्थित कुदाकाउलेका स्थानीयवासी रहेका घिमरे १५ दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले मंगलबार सञ्चारकेन्द्रसंग कुरा गर्दै नेकपाका कार्यकर्यताले पहिला आफूहरुमाथि नै गोली चलाएकाले जवाफी फायरिङ्ग गर्दा उनको खुट्टामा गोली लागेको बताएका थिए ।

    नेकपा भोजपुरका सेक्रेटरी ज्वाला संघले भने घर नै घेराबन्दीमा पारेर प्रहरीले आंतकित पार्दै आफ्ना जिल्लास्तरीय नेतालाई गोली हानी हत्या गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

    सञ्चार केन्द्रसंग कुरा गर्दै ज्वालाले भने- ‘उहाँको घरै षडानन्द नगरपालिकामै हो । हिजो उहाँ भेटघाटका लागि जानु भएको थियो । तर उहाँलाई खोज्दै गएको प्रहरीले निर्मतापुर्वक गोली चलाएर उहाँको हत्या गरेको छ । हामी सरकारको यस्तो दमनकारी र हिंसात्मक रबैयाको घोर बिरोध र भ्रत्सर्ना गर्दछौं । यसको मूल्य राज्यले चुकाउनुपर्ने छ ।’

    यता प्रहरीले भने धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा नेकपाका कार्यकर्ता बसेर गतिबिधि बढाइरहेको सूचनाको आधारमा गस्ती गरेको दावी गरेको छ। त्यस्तै घटनास्थलबाट १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको पनि प्रहरी दावी छ।

    प्रहरीको उक्त दाबीलाई नेकपाले ठाडै अस्विकार गरेको छ । ‘त्यता हाम्रो पार्टीको कुनै पनि गतिबिधि थिएन । उहाँ एक्लै हुनुहुन्थ्यो । यसरी एक जना भर्खर पार्टीमा लागेका नयाँ र निशस्त्र कार्यकर्तालाई समातेर हत्कडी लगाएपछि गोलि हान्ने अनि उल्टै झुटा विवरण पेश गर्ने यो तरिका भनेको नागरिक हत्या गर्ने बहाना मात्र हो ।’ सेक्रेटरी ज्वालाले सञ्चार केन्द्रसंग भने ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ