• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दसैँको टीकाको चौथो दिन आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

    130
    SHARES



    काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।

    विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।

    नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ ।

    लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दसैँलाई लिइने गरिन्छ । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

    मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।

    यसैबिच, दसैँ मनाउनका लागि सदरमुकाम तथा सहरबाट बाहिरिएका पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ