काभ्रे । काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको हो।
इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको थियो।
घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो।
प्रतिक्रिया