• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा

    93
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना सेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो ।

    जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटीएम मार्फत १८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ