• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरोका कारण १७ घण्टादेखि अबरुद्ध नुवाकोट–धुन्चे सडक खुल्यो

    151
    SHARES



    रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।

    जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । १७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन् ।

    बिहीबार बिहानैदेखि पहिरो पन्छाउन सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।

    पहिरोका कारण काठमाडौं, नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधनसमेत रोकिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ